काठमाडौं, भदौ ५
करिब पाँच करोड रुपैयाँ बराबरको लागूऔषध कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
१ केजि ६ सय ग्राम आगूऔषध कोकिनसहित आइभेरीकोस्टका ३५ वर्षीय मार्केल गुइलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उक्त कोकिन बोकेर नाइजेरियाको लागोसबाट २० अगस्टमा उनी कतारको राजधानी दोहा आएका थिए। दोहाबाट २१ अगस्ट अर्थात् बुधबार काठमाडौं आएका गुली नेपाल प्रहरीको फन्दामा परे । उनि सोल्टी होटलमा बस्ने भनेर बुकिङ समेत गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । जसको बजार मूल्य ४ करोड ८० लाखभदा बढी रहेको छ ।
कोकिनसहित पक्राउ परेका गुइलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनलाई नियन्त्रणमा लिइ अनुसन्धन गरिरहकेको प्रहरीले जनाएको छ । १ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।
सोही अनुरुप यो कोकिनको गन्तव्य पनि भारत रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। पक्राउ परेका गुलीको साथबाट बरामद भएको १९ एटी ९५५१४ नम्बरको पासपोर्टमा भारतको भिसासमेत लागेकाले उक्त कोकिन भारत जाने तयारी रहेको ब्युरोका प्रवक्ता एसपी कृष्ण प्रसाई बताउँछन्। प्रहरीले बरामद गरेको उनको पासपोर्टमा अप्रिलदेखि अगस्टसम्मका लागि भारतको भिसा लागेको छ।
प्रतिक्रिया दिनुहोस्