६ भाद्र २०७६, शुक्रबार ००:००

मौसम पूर्वानुमान : केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षाको सम्भावना


काठमाडौं, भदौं ६ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । बाँकी स्थानमा औसत स्थानको आसपासमा रहेको महाशाखाको भनाइ छ ।

हाल देशको मध्य र पूर्वी भागका अधिकांस भाग र पश्चिमका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले आज पनि केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पूर्वी, मध्य र पश्चिमी भागमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा राति धेरैजसो स्थानमा वदली रही मध्य, पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो देशभर सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र मध्य तथा पूर्वी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो पूर्वी तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार शनिबार राति देशभर वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो पश्चिमी, मध्य तथा पूर्वी भूभागमा वदलि रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति देशभर वदली रही पश्चिम, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पश्चिमी र मध्य भुभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।