जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार ११:४१

मोरङको एकै परीक्षा केन्द्रबाट ५२ नक्कली परीक्षार्थी पक्राउ


मोरङ, २३ चैत । मोरङको एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् । जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको सरस्वती नमुना उच्च माविको परीक्षा केन्द्रमा ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् ।

आज सामाजिक विषयको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान थालिएको छ ।