जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १९:२५

बिश्वासपात्रले नै खोलिदिए रवि लामिछानेको पोल


काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले मन्त्री बनाउनका लागि २ करोड बुझाउनु पर्ने नियम बनाएको तथ्य खुलेको छ ।

सहकारीमा आर्थिक अनियमितता गरेको अभियोग लागेकै अवस्थामा समानुपाति सांसद बनाइएका डा. ढाकाकुमार श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि आफूसँग २ करोड नगदा नगदी माग गरेको भन्दै ब्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएसँगै रविको कमाउ धन्दाको भित्री पाटो उजागर भएको हो ।

समानुपातिक सांसद छनोट र मन्त्री चयनको बिषयमा रास्वपामा त्यही बेला बिवाद भएको थियो । केन्द्रीय सदस्यहरुले आर्थिक लाभका आधारमा मान्छे छानिएको भन्दै बिरोध गरेका थिए । अहिले भने रविकै बिश्वासपात्र श्रेष्ठकै मुखबाट आफू स्वास्थ्य मन्त्री बन्न २ करोड बुझाउनै पर्ने र नबुझाएमा मन्त्री नबनाउने भन्दै पैसा माग्नुभएको तथ्य बाहिर आएको हो ।

ब्यवसायी प्रसाईले पैसा नदिएको र श्रेष्ठले बुझाउन नसकेकै कारण रविले उहाँलाई मन्त्री नबनाएको तथ्य पनि यो अडियो प्रकरणसँगै उजागर भएको छ । प्रसाईंसँगको संवादमा श्रेष्ठले भन्न्ुभएको छ, ‘मन्त्री बन्न रवि सरलाई साढे २ करोड दिनुपर्छ, अहिले २ करोड जति भए पनि पुग्छ, त्यो दिन सकिएन भने बनाउँदैनन ।’ श्रेष्ठको यो भनाईले रास्वपाले बिज्ञको नाममा पैसा बुझेर मन्त्री बनाइएको तथ्य स्थापित भएको छ ।

रास्वपाले बिवादास्पद मानिसलाई मन्त्री बनाएको भन्दै त्यसैबेला आलोचना भएको थियो । म्यान पावर ब्यवसायीलाई श्रम मन्त्री बनाउने काम लामिछानेले गरेपछि बिवाद भएको हो । अहिले श्रेष्ठको प्रकरणले सो पार्टी पैसा कमाउने धन्दामा लागेको प्रष्ट चित्र बाहिर आएको हो ।

‘अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाँहि छुट्टै हुनुहुन्छ । पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन फेरि । दुई–साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन । पछि चेक दिएँ भनेपनि मान्छन…’ श्रेष्ठले भन्नुभएको छ । श्रेष्ठले रवि आफू सिनमा देखा नपरी यस्तो काम गर्न लगाउने ब्यक्ति भएको पोल पनि खोल्नुभएको छ ।

‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन ?’ भन्ने प्रसाईंको प्रश्न्मा श्रेष्ठले भन्नुभएको छ, ‘अ.. मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ, उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन क्यार।’