जनता टाइम्स

२ बैशाख २०८०, शनिबार ०८:२९

नेपालले ओमानसँग अभ्यास खेल खेल्दै


काठमाडौं, २ वैशाख । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०र५० ओभरको हुनेछ ।

नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् ।

नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।