जनता टाइम्स

४ बैशाख २०८०, सोमबार ०७:५४

गुजरातमाथी राजस्थानको रोमान्चक जित


गुजरात ४ वैशाख । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग९आईपीएल० मा गुजरात टाईटन्सलाई हराउदै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो ।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । राजस्थानका लागि कप्तान सन्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय ईनिङ खेले । कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए । हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन बनाए ।

यसै खेलमा आईपीएल डेब्यु गरेका अफगानिस्तानका स्पिनर नुर अहमदलाई छक्का हान्दै हिटमायरले खेल सकाएका थिए । देवदत्त पडीकलले २५ बलमा २६ रन बनाउँदा ध्रुव जुरेल १० बलमा १७ रन बनाए । छैटौं विकेटका लागि ध्रुव जुरेल र हिटमायरले ४७ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि मोहम्मद सामीले ३ तथा राशिद खान २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान १र१ विकेट लिए ।