जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १४:५९

स्पेनिस ला लिगा फुटबलमा पहिलो जितको खोजीमा बार्सिलोना


एजेन्सी, भदौ ८

स्पेनिस ला लिगा फुटबलमा आज राति साविकको विजेता बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्ने भएको छ ।सिजनको खराब सुरुवात गरेको बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

क्याम्प नाउमा मैदान उत्रदा बार्सिलोना पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित बार्सिलोना बेटिसविरुद्ध स्पष्ट जित निकाल्न चाहेको छ । घरेलु मैदानमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र ओसुमाने डेम्बेले मैदान उत्रँदैनन् ।

उनीहरु सबै चोटका कारण टिम बाहिर छन् । यता प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले एन्टोनियो ग्रीजम्यान, राफिन्हा, डी जोङ लगायतका खेलाडी मैदान उतार्ने भएका छन् । घरेलु टिमविरुद्ध मैदान उत्रदा बेटिस पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बेटिस रियल भालाडोलीडसँग पराजित भएको थियो ।