जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार १९:२६

नेपाली क्रिकेट टीमसहित सन्दिप र कुसललाई केपी ओलीको बधाई


काठमाडौं, बैशाख ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओमनबिरुद्धको खेल जितेकोमा नेपाली क्रिकेट टीमसहित दुई खेलाडीलाई बधाई दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भर्खरै सामाजिक सञ्जाल फेसबुकमार्फत फोटोसहित बधाई दिनुभएको हो ।

ओलीले ‘खेल एक, बधाई तीन’ शीर्षक राखेर लेख्नुभएको छ, ‘पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल जितेकोमा !!! दोस्रो बधाई सन्दिप लामिछानेलाई, ओडिइ क्रिकेटमै १०० औं विकेट लिएर विश्व कीर्तिमान राखेकोमा !!! अनि तेस्रो कुशल मल्लको कीर्तिमानी शतकको लागि !!!’

नेपालले ओमनबिरुद्धको खेलमा आज किर्तिमानी जीत निकालेको छ । यस्तै सन्दिप लामिछाने र कुसल मल्लले बिश्व किर्तिमान कायम गर्न सफल हुनुभएको छ ।