जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १७:१६

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मागे बिश्वासको मत (पूर्णपाठ)


पोखरा, बैशाख ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लाल्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो। संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाएका थिए। सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका (समामुखसहित) ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्। मुख्यमन्त्री अधिकारीलाई राप्रपको साथ छ। तर अर्को घटक माओवादीले मत नदिने हो भने उहाँले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था छैन।

मुख्यमन्त्री अधिकारी बहिर्गमनमा परे संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।