जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १८:२४

टिकटक र यु टयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री


काठमाडौं, बैशाख ९। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु यु ट्युब र टिकटक तिर लागेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सो बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाउनु भयो ।

‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युटयुब र टिकटकतिर लागेका छन, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यसकारण बिज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिंगै समाज नै दुषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले सो बिषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

उहाँले थप्नुभयो,‘यस बिषयमा बुद्धीजिवीहरुवाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिदैछ । यो अराजकता रोकिन जरुरी छ ।’