जनता टाइम्स

१० बैशाख २०८०, आईतवार ११:३०

बारामा जसपाले बुथ क्याप्चर गर्‍यो : सिके राउत


बारा, १० बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाउनुभएको छ ।बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उहाँले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाउनुभएको हो ।

‘बेलडारी, झिटकैयासहित अरु १÷२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भन्नुभयो , ‘हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ उहाँले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाउनुभयो ।