जनता टाइम्स

११ बैशाख २०८०, सोमबार ००:५२

तनहुँ १ मा मतगणना शुरु


काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को मतगणना मध्यरातमा शुरु भएको छ । भानु नगरपालिकाको वडा नम्बर १० बाट गणना शुरु भएको हो । जनजागृती मावि क र ख तथा सरस्वती आधारभूत विद्यालय र चोक मावि क र ख मतदान केन्द्रका बाकस खोलेर गणना शुरु भएको छ ।

सर्वदलीय बैठकमा राति पौने १२ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको थियो । सो क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराई,एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ । मत गणनाको अपडेट मध्यरातमै आउनेछ ।