जनता टाइम्स

११ बैशाख २०८०, सोमबार ०५:४७

तनहुँ–१ : ७ हजार ५ सय मत गन्दा कसको मत कति ? (सूचिसहित)


काठमाडौँ, ११ बैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।

वाग्लेले ४३०३ मत ल्याउँदा भट्टराईले १९३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

तनहुँ९१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ९१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् । २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ १ मा करिब ५२ प्रतिशत मत खसेको छ ।

विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ९१ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । बारा–२ र चितवन२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।