जनता टाइम्स

११ बैशाख २०८०, सोमबार १३:१६

बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली


बारा, बैशाख १२ । सर्वदलीय बैठकपछि बारा २ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।

सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेलबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको छ ।