जनता टाइम्स

११ बैशाख २०८०, सोमबार १४:१७

बारा २ मा उपेन्द्र यादवको सुरुवाती अग्रता, चौथोमा रमेश खरेल (मतसहित)


बारा, बैशाख ११ । बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा जसपाका उपेन्द्र यादवले सुरुवाती अग्रता लिनुभएको छ ।

जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गर्नुभएको छ । यस्तै निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याउनु भएको छ भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याउनु भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गर्नुभएको छ ।

६७० मतगणनामा

पुरूषोत्तम पौडेल, नेकपा एमाले :१६६ मत

उपेन्द्र यादव, जसपा– गठबन्धन : २२४ मत

शिवचन्द्र कुशवाहा, जनमत पार्टी : १७० मत

रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी : ८० मत

अरूण ज्ञवाली, आम जनता पार्टी : १२ मत