चितवन, बैशाख ११ । चितवन २ को उपनिर्वाचनको परिणाममा रास्वपाका रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको हो ।
दुईवटा वडाको २ हजार ४८४ मत गणना हुँदा लामिछानेले एक हजार १५५ मत पाउनु भएको छ । यस्तै सुरुवाती अग्रता लिनुभएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाउनु भएको छ ।
मत परिणामअनुसार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्