जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १९:४४

समातिए फेसबुकमा प्रधानमन्त्री ओलीलाई आपत्तिजनक गालीगलौज गर्ने बिद्यार्थी नेता


कैलाली, भदौं ८ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आपत्तिजनक गालीगलौज गरेको आरोपमा लम्कीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय हृदय उपाध्याय रहेको कैलाली प्रहरीले जनाएको छ । उपाध्याय नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध नेता हुन ।

प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको भन्दै उपाध्ययलाई अपराध महाशाखा टेकुको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले आज पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ । उपाध्यायले उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा आपत्तिजनक गालीगलौज गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा अत्यन्तै आपत्तिजनक पोष्ट गर्ने क्रम बढेपछि प्रहरीले बिशेष टोली नै बनाएर अनुगमन गरिरहेको छ । सो क्रममा समाजमा बितण्डा मच्चाउने र अपशब्द प्रयोग गर्नै जोकोहीलाई पक्राउ गर्ने नीति प्रहरीले लिएको छ ।