जनता टाइम्स

८ भाद्र २०७६, आईतवार २२:२८

रोकिएन टिपर आतंक, सिनामंगलमा गयो एकको ज्यान, चार जना घाइते


काठमाडौं, भदौं ८ । सिनामंगलमा आज साँझ डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको परिचय भने खुल्न सकेको छैन ।

टिपरले तीनवटा बाइकलाई ठक्कर दिँदा अन्य चार जना घाइते छन्। घाइतेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको गौशाला प्रहरीले बताएको छ। दुर्घटनास्थलमा तीनवटा बाइक कच्याककुचुक भएका छन्।

प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अति तीब्र गतिमा रहेको कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।