जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०६:५८

सिंगापुरबाटै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, भिडियो कन्फरेन्समार्फत बैठक बस्दै


काठमाडौं, भदौ ९ । स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री कार्यालयबाट भिडियो कन्फरेन्समार्फत छलफल गर्ने गरी प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । यसअघिसम्म प्रधानमन्त्री देश बाहिर रहुन्जेल मन्त्रिपरिषद बैठकनै बस्ने गरेको थिएन । तर सरकारले मन्त्रिपरिषद बैठक सम्बन्धी नियमावली संशोधन गरेर, भिडियो कन्फरेन्सिङ्बाट प्रधानमन्त्री जहाँ रहेपनि क्याबिनेट बैठक बस्न सक्ने ब्यवस्था गरेको हो ।

आज मध्यान्न १२ बजे बस्ने गरी बोलाइएको बैठक भिडियो कन्फरेन्सबाट गर्न लागिएको पहिलो मन्त्रीपरिषद बैठक हो । जसको अध्यक्षता प्रधानमन्त्री ओली आफैले गर्नुहुने छ । विश्वका केही ठूला देशहरुमा प्रधानमन्त्री रहेकै ठाउँमा मन्त्रीपरिषद बैठक बस्न सक्ने प्रावधान छ ।