जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार २१:०६

पोखरा–१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन गर्न सर्वोच्चको आदेश


काठमाडौं, १५ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पोखराले गत चैत २१ मा वडाध्यक्ष पदको निर्वाचनको मत पुनः मत गणना गर्न आदेश दिएको थियो । वडाध्यक्षका तत्कालीन उमेदवार पुष्कलबहादुर थापाले पुनः मतगणनाका लागि उच्च अदालतमा निवेदन दिनुभएको थियो । वडाध्यक्षमा निर्वाचित शिवप्रसाद तिमिल्सिनाका निकटम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो। तिमिल्सिनाले उच्च अदालतको फैसलाविरुद्ध चैत २७ गते सर्वोच्चमा पुनरावेदन दिनुभएको थियो ।