काठमाडौं, १७ बैशाख । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बा८च ५१३५ नम्बरको कार दुर्घटनामा परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो।
सो दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिम र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्