जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०९:२६

सामाजिक सञ्जालबाट ‘लता मंगेशकर’ बनेकी रेलवे स्टेशनमा गित गाउने रानु


काठमाडौं, भदौ ९

सामाजिक सञ्जालमा केही समय अघि एक महिलाको गित अत्याधिक भाइरल भयो । रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ हेरेर तारिफ नगर्ने सायदै कोही थिए । नहुन पनि कसरी, उनको स्वर नै त्यति मिठो थियो ।

पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल। उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन् । एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो। मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। त्यसैले उनलाई ‘रानाघाटकी लता मंगेशकर’ पनि भन्न थालिएको छ।

यही भिडियोबाट रानूले गीत गाउने अफर पाएकी छिन्। भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागितेरी मेरी कहानी’बोलको गीत रानूसँग रेकर्ड गराएका छन्। स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा सेयर गरेका छन्।

https://m.youtube.com/watch?time_continue=21&v=7iLV2ACc9qQ

रानूलाई बलिउडमा इन्ट्रि गराउन मेकओभर समेत गरिएको छ। सैलुनमा उनको हेयरस्टाइल परिवर्तन गरिएको तस्विर पनि यतिबेला भाइरल भएको छ। पछिल्लो खबर अनुसार उक्त भिडियो कै कारण रानूको भेट छोरीसँग भएको छ। आमा छोरीको बिगत १० वर्षदेखि सम्पर्क हुन सकेको थिएन।

रानू मण्डलको जीवन निकै कष्टकर थियो। उनको विवाह मुम्बाइमा बाबु मण्डलसंग भएको थियो। पतिको मृत्युपछि उनी आफ्नो घर रानाघाट फर्किएकी थिइन्। उनले त्यहीँको रेलवे स्टेशनमा गीत गाएर पेट पालिरहेकी थिइन्।

अहिले रानुलाई मुम्बाइको एक रियालिटी सो ले गीत गाउन अफर गरेको छ। साथै कलकत्ता, केरला र बंगलादेशबाट पनि गीत गाउन अफर आइरहेका छन्। रानूको जीवनमा आएको यस्तो परिवर्तनलाई भाग्यको खेल नै मान्नु पर्छ।