जनता टाइम्स

१९ बैशाख २०८०, मंगलवार ०८:१०

मिटरब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारको पुरै वेवास्ता


काठमाडौं, १९ बैशाख । मिटर ब्याँज पीडित २९ दिन देखी धर्नामा बसेका छन् ।

काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

२८ दिन देखी धर्नामा बसेका मिटर ब्याँज पीडितलाई भेटनका लागि हिजो पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिकामा पुग्नुभएको थियो । उहाँले मिटर ब्याज पीडितहरुको माग राजनीतिक रुपमा सम्बोधन गर्न सुझाव दिनुभएको छ ।

ुसरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईको सुझाव छ ।

मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गर्नुभएको थियो। उहाँहरुले गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गर्नुभएको हो ।