जनता टाइम्स

१९ बैशाख २०८०, मंगलवार ०८:२८

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा


काठमाडौं, १९ बैशाख । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिनुभएको छ ।

जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उहाँलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उहाँ शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको छ ।

नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । उहाँ पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आउनुभएको थियो । घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषयबारे प्रहरीले बताएको छैन ।