काठमाडौं, २० बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ पर्नुभएको छ।
उहाँ बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उहाँका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ पर्नुभएको थियो । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ पर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्