जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार ०८:५०

एक करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण


काठमाडौं, २२ बैशाख । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको छ ।

८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको हो ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने छ ।

नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।