जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार २०:५२

ओलीसँगको परामर्शपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक


काठमाडौं, बैशाख २३ । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार अपराह्न पाँच बजे बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो ।