जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार ०७:४३

संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज


काठमाडौं, २४ बैशाख । संघीय संसद अन्र्तगतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैँ हुनुहुन्छ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लाग्नुभएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः १५ बजे उक्त सपथ समारोह कृषी समितिको हल, सिंहदरवारमा हुनेछ ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिबमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते नियुक्त हुनुभएको थियो । संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गर्नुभएको हो ।

 

उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन ।