काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई मन्त्रीका नियुक्त गर्नुभको थियो । यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्तमन्त्री आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिनुभयो ।
योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्