जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १४:५०

सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन


काठमाडौं, २४ वैशाख । सभामुख देवराज घिमिरेले सांसदहरुको ईहाजिरी (विद्युतीय हारिजी) को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उहाँले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको हो ।

ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर भएको बताउनुभयो ।

यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उहाँले सांसदहरु बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउनुभएको छ । साथै बैठकमा उहाँले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।