जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १९:०३

कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ


धनगढी, २४ वैशाख । प्रहरीले कैलालीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार ब्यारेल नजिकबाट लागूऔषधसहित गौरीगंगा नगरपालिका–८ का १९ वर्षीय राममाया कुश्मी शनिबार पक्राउ परेका छन् ।

उनी दुई ग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन् ।

३ ग्राम ८० मिलिग्राम लागुऔषधसहित शनिबार लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौराका ३३ वर्षीय प्रेम सुनार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो ।