जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १६:१५

इन्दुरो रत्नाङ्गेको उपाधि राजेश र निश्मालाई


काठमाडौं, २५ वैशाख । सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएकोइन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निश्मा श्रेष्ठनले जित्नुभएको छ ।

सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुनुभयो । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो हुनुभयो ।

पहिलो स्थान हासिल गर्नुभएका राजेशले ३० हजार प्राप्त गर्नुभयो । त्यस्तै दोस्रो स्थान हासिल गर्नुभएका क्रिस्टोफरले २० हजार पाउँदा तेस्रो हुने तेन्गिले १० हजार पाउनुभयो ।

महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मि मगरले दोस्रो स्थान हात पार्नुभयो । त्यस्तै उषा खनाल तेस्रो हुनुभयो । निश्माले ३० हजार प्राप्त गर्नुभयो । त्यस्तै दोस्रो स्थान हासिल गर्नुभएकी मगरले २० हजार पाउँदा तेस्रो हुने उषाले १० हजार पाउनुभयो ।

पुरुषतर्फको माष्टर्स विधामा दिनेश महर्जन पहिलो हुँदा मनोज क्षेष्ठ दोस्रो र विनेश तुलाधर तेस्रो हुनुभयो ।

त्यस्तै जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो हुँदा दुर्बेश विक्रम शाह दोस्रो हुनुभयो । यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाउनुभएको थियो ।

दुबै विधाका खेलाडीहरुले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो । फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको हो ।

चार विधामा २६ राइडर सहभागी प्रतियोगितामा दुई विदेशी राइडरले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग पुगाउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाईक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो ।