काठमाडौं, २५ वैशाख । विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ ग्रहणपश्चात सोमबार नै उनले पदभार पनि ग्रहण गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्