काठमाडौं, २५ बैशाख । राष्ट्रिय पत्रकारिता पुरस्कारलाई लिएर सत्तारुढ दलकै पत्रकार नेताहरु मैदानमा उत्रिएका छन् । नेपाल सरकारले ८ औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ प्रति पत्रकारका संगठनहरुले असहमति राख्दै मैदानमा उत्रिएका हुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधन राई, राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नाल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र मुस्लिम जर्नलिष्ट क्लबका अध्यक्ष आलम खानले संयुक्त विज्ञप्ति जारी गर्दै असहमति जनाउनुभएको छ । पुरस्कृत र सम्मानित व्यक्तित्वप्रति सम्मान रहेको तर नेपालको संविधानले अवलम्बन गरेका समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास गर्दै गरिएको छनोट प्रक्रियाप्रति गम्भीर असहमति रहेको विज्ञप्तिमा उल्लेख छ ।
छनोट प्रक्रिया समावेशीताको सिद्धान्त विपरीत रहेको हाम्रो ठहर गर्दै उनीहरुले यस घटनाबाट नेपाल सरकार आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसङ्ख्यक समुदायका पत्रकारहरूप्रति पूर्वाग्रही मात्रै देखिएन, उनीहरूको योगदानलाई सम्मान र कदर गर्न तयार नरहेको प्रमाणित भएको विज्ञप्तिमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक पद्धति अवलम्बन गरेको राज्य व्यवस्थामाथि सरकार आफैले प्रहार गरेको छ ।
सरकारको यस्तो निर्णयको भर्त्र्सना गर्दै आगामी दिनमा यस्ता नस्लवादी चरित्रमा सुधार ल्याउन उहाँहरुले माग गर्नुभएको छ । उहाँहरुले भन्नुभएको छ प्रेस काउन्सिलका अध्यक्षले त खसआर्य, आदीवासी जनजाती र महिला गरी ३ जनाको नाम सिफारिश गरेपनि सरकारले उपेक्षा गरेको उहाँहरुको गुनासो छ । उक्त विज्ञप्ती जारी पछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेतले विगतमा एमाले नेता पार्वत गुरुङ सञ्चारमन्त्री हुँदा किन सवै पक्ष समेटिए र रेखा शर्मा हुँदा किन छुटे भन्ने कुरा मुख्य रुपमा उठाउनुभएको छ । तत्कालिन संचारमन्त्री पार्वत गुरुङ हुहा देशको भुगोल सगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रष्ट नीतिअनुसार चल्ने भएको हुदा कुनै दल नभनि समावेशी गर्नुभएको थियो यस पटक उपेक्षा उहाँले बताउनुभएको छ ।
लडाकु शिविरमा उदी जारी गर्दा पनि तररर ताली पिटनेहरुको सुप्रिमो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिअनुसार चलेको हुदाँ पत्रकारीताको मर्म उहाँले बुझ्न नसकेको उहाँले तर्क रहेको छ । उहाँले भन्नुभएको छ फोनिजका प्रिय साथीहरु, अव आगो नओकल्नुस, हिम्मत छ र तपाई साँच्चीकै फोनिजको नेता हा भने अध्यक्ष गजुरधन राईजीले प्रेस युनियनका अध्यक्ष प्रिय मित्र शिव लम्साललाई बिज्ञप्ति जारी गर्न भन्नोस, मनोज घर्ती मगर, मिलनजीहरुले बिष्णु सापकोटा जुगललाई बिज्ञप्ती जारी गर्न भन्नोस ।
उहाँहरु २ अध्यक्ष साथमा हो भने प्रेस चौतारी नेपालको अध्यक्षले हस्ताक्षर गर्छ । संयुक्त रुपमा एउटै बिज्ञप्तीमा ३ संगठन प्रतिवाद गरौं । यति भयो भने अर्को पटक जुन पार्टीको सञ्चार मन्त्री भए पनि, जुनसुकै जातको भए पनि यति सारो घात गर्दैन । कृपया हामी त जनजाती, नभए सवैले मार्छन, यसो देखाउनका लागि मात्रै यो बिज्ञप्ती हो भन्दै शरण पर्ने काम चाँहि नगर्नु होला है मित्रहरु । उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्