काठमाडौं, २६ बैशाख । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उहाँले अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गर्नुभयो ।
नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला । नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो,’ उहाँले भन्नुभयो,‘बजेटको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहिलादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् ।’













प्रतिक्रिया दिनुहोस्