काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ ।
खाँणलाई बुधबार बिहान उहाँकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहालाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि खाँणलाई काठमाडौं प्रहरी परिसर ल्याइने उहाले बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।













प्रतिक्रिया दिनुहोस्