जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार ११:०४

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ


काठमाडौं, बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

केसीलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर केसीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइएपछि पूर्वगृहमन्त्री खाणलाई आज बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । खाण भाग्न लागेपछि पक्राउ गरी हिरासतमा लिइएको हो ।