जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १५:३५

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित, सिंहदरवारमा प्रधानमन्त्रीसहित शिर्ष नेताको छलफल सकियो


काठमाडौं, २७ बैशाख । सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताबिचको छलफल सुरु भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहनुभएको छ । नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग सुरु भएको छ । आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी एमालेबाट निलम्बनमा परेका छन । अहिले रायमाझी फरार छन् ।