जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार १७:४४

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन, यी हुन पदाधिकारी र सदस्य


इजरायल, बैशाख २८ । नेकपा एमाले निकट प्रवासी नेपालीहरुको साझा संगठन प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी निर्विरोध चयन हुनुभएको छ ।

यही मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष ज्योती शर्मा ओएनएफ अन्तराष्ट्रिय कमिटीमा चयन हुनुभएपछि रिक्त इजरायलको अध्यक्ष पद बिशेष अधिवेशन गरी चयन गरिएको हो ।

मञ्चको इजरायल कार्यसमितिको उपाध्यक्ष शिवराज खड्का, सचिव रमेश जोशी, उपसचिवद्वय इन्दिरा कटुवाल अलि महमद मिया चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रश्मि राई ,गोमा उप्रेती ,नवराज ओली, कविता श्रेष्ठ ,जानू जिसी, पबित्रा भण्डारी, सीता कोइराला, पासिमा शेर्पा, चित्र कार्की, कल्याण जोशी, लेखनाथ कार्की, केशव खनाल, बिजय पाठक, पबित्रा गौतम, सीता खड्का, सरस्वती गिरी, मन्जु भुजेल, निर्मला बुढाथोकी र शान्ता गुरुङ रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज डा. राजन भट्टराईले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै निति नियम र विधानलाई अनुशरण गर्दै अगाडी बढ्न निर्देशन दिनुभयो । भट्टराईले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हक,हित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथी अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष सञ्जय थापा प्रवासी मंच प्रवासमा रहने सबै नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको बताउँदै कार्यसमितिलाई अझ क्रियाशील बनाउन आग्रह गर्नुभयो ।

निवर्तमान अध्यक्ष ज्योती शर्मा अन्तर्राष्ट्रिय कमिटीको सदस्यमा निर्वाचित भएपछि विशेष अधिबेशनबाट गरिएको सचिव रमेश जोशीले जानकारी दिनुभयो । नयाँ कार्यसमितिलाई अन्तर्राष्ट्रिय कमिटीका सचीव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले सपथ ग्रहण गराउनु भएको थियो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थापासहित उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवद्वय चानक पोख्रेल र कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका इञ्चार्ज प्रभुराम थापा, अन्तर्राष्ट्रिय कमिटीको सदस्य ज्योति शर्मा, मध्यपुर्ब महादेशीय कमिटी संयोजक सालिकराम पन्तलगायतले पनि बधाई दिनुभएको थियो ।