जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १०:४१

एमाले स्थायी कमिटी बैठक सर्यो, यस्तो छ कारण


काठमाडौं, बैशाख २९ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

केन्द्रीय कमिटीको जारी बैठकमा आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक शनिवार बस्नेछ । त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ ।