जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १४:२७

जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान


काठमाडौं, २९ वैशाख । जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ । जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो । मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।