काठमाडौं, बैशाख २९ । नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा बजेटका लागि सल्लाह, सुझावका लागि प्रशिक्षण दिन लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनु भयो ।
रिजालका अनुसार प्रशिक्षण कार्यक्रम जेठ १२ र १३ गते काठमाडौं सञ्चालन हुने छ । प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरु सहभागी हुनेछन ।
स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो आएपछि अभिमुखिकरण राखेको हो । गत स्थानीइ तह निर्वाचनमा नेकपा एमालेले २ सय ६ वटा पालिका जितेको छ ।













प्रतिक्रिया दिनुहोस्