जनता टाइम्स

३० बैशाख २०८०, शनिबार ०७:५०

नवौ सगरमाथा अन्तराष्ट्रीय कराते,जेठ दोश्रो सातादेखि


काठमाडौं, ३० वैशाख । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २४ औंबार्षिकोत्सवको अवशरमा आगामी जेठ दोश्रो साता देखि नवौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता सन्चालन हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ ।

प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा –३३ –३५,–४०,–४५ ,एकल काता र पुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,–६७–७५,–८४ किलो तौल समुह का साथै मास्टर्स ईभेन्टस र सिनियर एकल काता गरि १३ ईभेन्टस र महिला तर्फ जुनियर तथा क्याडेट –३३,–३५,–४०,४५ किलो,एकल काता र महिला कै सिनियर तर्फ –४५,–५०,–५५,–६१ ,६७,ं६८ किलो तौल समुह र एकल काता गरी १२ईभेन्टसका गरि कुल २५ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङगी ’ईश्वर’ ले जानकारी गराउनुभयो ।

प्रतियोगितामा बिजेता खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने टिम प्रथम हुनेले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन । त्यसैगरि उत्कृष्ट महिला तथा पुरुष खेलाडीले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन भने उत्कृष्ठ मार्च पास टिम, उत्कृष्ठ अनुशासित टिम र उत्कृष्ठ फेयर प्ले टिम लाई आकर्षक ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

बिगत २४ बर्ष देखि निरन्तर रुपम बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्दै आईरहेको शाखा डोजो नक्सालको समग्रमा यो प्रतियोगिता २४ ओै तथा नवौ अन्तराष्ट्रिय कराते प्रतियोगिता हो । गत बर्ष सन्चालन भएको आठौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम प्रथम, भारत दोश्रो र भुटान तेश्रो भएका थिए । ३ दिन सम्म हुने यस प्रतियोगिता लैनचौर स्थित टिटि कभर्डहलमा सन्चालन हुनेछ ।