जनता टाइम्स

११ भाद्र २०७६, बुधबार ०९:०६

सुर्खेतमा बस दुर्घटना तीन जनाको मृत्यु, २७ जना घाइते


 

सुर्खेत भदौ ११ सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

बुधबार बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो ।

ज्यान गुमाउनेको परिचय खुलेको छैन । घाइतेको भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।