काठमाडौं, ३० बैशाख । बंगलादेशको राजधानी ढाकामा रहनुभएको परराष्ट्रमन्त्री एनपी साउदले आज जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेट गर्नुभएको छ ।
ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्