धनगढी, ३० वैशाख । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्