जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार ०९:४५

कर्नाटकमा ढल्यो बिजेपीको सत्ता, कांग्रेसआइलाई स्पष्ट बहुमत


नयाँ दिल्ली । भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ । अन्तिम निर्वाचन परिणाममा कर्नाटकमा कांग्रेस आइले स्पष्ट बहुमत पाएको छ ।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ भने सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ ।

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ । बिजेपीले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ मा सिट परेको छ । कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ ।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले गभर्नरलाई राजीनामा बुझाउनु भउको हो ।