जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार १९:१५

पत्रकार राजेन्द्र बानियाले आरजुलाई छोरा जयबीरको कसम खुवाएपछि


काठमाडौं, बैशाख ३० । पत्रकार राजेन्द्र बानिया पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवाको अन्तर्वार्ताका कारण ट्रोलको शिकार हुनुपरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर विवादित बन्नुभएकी आरजुसँगको अन्तर्वातामा छोराको कसम खुवाएपछि पत्रकार बानिया बिवादमा पर्नुभएको हो । हिमालय टेलिभिजनमा प्रशारण हुने ‘यक्ष प्रश्न’को पूरा सम्वाद आज प्रशारण हुँदैछ । तर आरजूले दिएको अन्तरवार्ता प्रशारण नहुँदै भाइरल भएको हो ।

उक्त अन्तरवार्ताको प्रोमो नै ट्रेन्डिङमा आइसकेको छ । यसमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । आरजूसँगै अन्तरवार्ता लिने पत्रकार राजेन्द्र बानियाको समेत ट्रोल हुनुपरेको हो । अन्तर्वार्ताको क्रममाबानियाले सोध्नुभएको छ, आत्मालाई साक्षी राखेर भन्नुस‘ (भुटानी शरणार्थी प्रकरणमा पैसा खानुभएको हो कि होइन ?)

आरजूको जवाफ दिनुभएको छ, आत्मालाई होइन, म मेरो छोराकै कसम खाएर भन्छु, मैले यो गरेको छैन । बिकौज, आइ एम नट द्याट स्टुपिड । त्यसपछि बानियाले छोराको नामै लिएर कसम खान लगाउनु भएको छ, ‘एक चोटि भन्नुस् त ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक रुपैयाँ खाएको छैन’ भनेर‘

सो भनाईलगत्तै आरजूले तत्कालै कसम खानुभएको छ, ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक रुपैयाँ खाएको छैन ।’ यही संवादलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भएको हो ।