जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार २१:१०

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी पक्राउ


काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहनुभएको थियो ।

आइतबार साँझ रायमाझी पक्राउ पर्नुभएको हो । उहाँलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।रायमाझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।