काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव गर्नु पर्ने जनाउनुभएको छ । नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताउनुभएको हो ।
‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो रु त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले भन्नुभयो, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्